Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ पर्साको आयोजनामा सौराहामा ३ दिने तालिम सुरु

spot_img
spot_img

वीरगंज । चितवनको सौराहामा आम संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजना र वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।

तीन दिने तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका थिए ।

तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरीएकाले यसलाई अवसरको रुपमा लिन सुझाव दिए ।

साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम, प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन सहितका पत्रकारहरु सहभागीता रहेको छ ।

शुक्रबारको तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा.महेन्द्र बिष्टले प्रशिक्षण दिने छन । तिन दिने तालिममा पर्साका करिब ३५ जना पत्रकारहरु सहभागी भएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...