Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौलीमा ट्याक्टरकाे ठक्करबाट महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ स्थित सडकखण्डमा ट्याक्टरकाे ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । मे. १ त ४८१७ नम्बरको ट्याक्टरकाे ठक्करले धोविनी गाउँपालिकाकाे वडा नं. ३ बस्ने प्रसाद हजराको श्रीमती ७२ बर्षिय महेसिया देवीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

साेमबार दिउसाे १:४० बजेको समयमा विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा सोही साईकलमा सवार प्रसाद हजरा र निजकी श्रीमती महेसिया देवी घाइते भएका थिए । घटना बारे प्रहरीलाई जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पुर्याएकाे थियाे ।

उपचारकै क्रममा साेमबार दिउसाे ३:३५ बजेको समयमा निज महेसिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । त्यसपछि मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी उल्लेखित ट्याक्टर र ट्याक्टर चालक कालिकामाई गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३२ को महेन्द्र सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...