Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

उपराष्ट्रपतिका उम्मेदवार यादव नेताहरुलाई भेटेर मत माग्दै

वीरगंज । सत्तागठबन्धनका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रहेका रामसहाय यादवलाई सहयोग गर्ने प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले जनाएका छन् । उपराष्ट्रपति उम्मेदवार यादव आफ्नो लागि मत माग्न सोमबार बालुवाटार पुगेका बेला प्रधानमन्त्री प्रचण्डले यादवसंग सो प्रतिवद्धता जनाएको जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतीनीधी सभा सदस्य प्रदीप यादवले बताए ।

- Advertisement -

यादवले भने, प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनु भएको छ ।’

यसैगरी सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार बनेका रामसहाय प्रसाद यादवले विभिन्न राजनितिक दलका नेताहरूसँग मत माग्ने क्रम जारी छ । जनता समाजवादी पार्टीका यादवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि भेटेका छन् ।

भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएको सांसद प्रदीप यादवले जानककारी दिए । यसअघि सांसद यादवको उम्मेदवारी दिने बेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनु नै आफुले सम्पुर्णको साथ र समर्थन पाउने विश्वास लिएको उम्मेदवार यादवको भनाई छ ।

निर्वाचन आयोगका अनुसार आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । यस्तै आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टीबाट दुई, जनमत पार्टीबाट एक र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर यसअघि नै अन्तिम नामावली प्रकाशन गरीसकेको छ । जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले भने जसपाबाट २ जनाको उम्मेदवारी परेपनि पार्टीको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव नै भएको प्रष्ट पारेका छन् । आठ दलीय गठबन्धनको समर्थन रहेको अर्थात सत्तागठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार बनेका राम सहाय यादव प्रदेश तथा प्रतीनीधी सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट प्रतीनीधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गठबन्धनसँग बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै रहेको सासंद प्रदीप यादवले बताएका छन् । त्यसो हुँदा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुनेछ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तारबारे सांसद हरि पन्तको भावुक अपिल : “विकाससँगै पीडा पनि स्वाभाविक”

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजमा भइरहेको सडक विस्तार अभियानलाई लिएर आम नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गरेका...

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...

१०० रुपैयाँभन्दा बढी सामानमा कर लगाउने नियमविरुद्ध वीरगंज नाकामा धर्ना

वीरगंज । वीरगंज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा जनअधिकार पार्टीले आइतबार धर्ना प्रदर्शन गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने...