Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

एकीकृत सरकारी कर्मचारी संगठन पर्साकाे प्रथम अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पर्साकाे प्रथम जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । जिल्ला समन्व समिति पर्साकाे सभाकक्षमा भएकाे अधिवेशनमा संदिप पटेलकाे अध्यक्षता २१ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएका छन् ।

संगठनकाे उपाध्यक्षमा सुरेन्द्र प्रसाद यादव, सचिवमा राजेश राम, सह सचिवमा राेहित यादव, काेषाध्यक्षमा पप्पु पटेल लगायत सम्पूर्ण कार्य समिति निर्विराेध निर्वाचित भएका हुन् । यसैगरी महाधिवेशनकाे केन्द्रिय प्रतिनिधिमा हृदयनारायण साह, मनाेज साह, पदम बहादुर खत्री समेत निर्विराेध चुनिएका छन् ।

अधिवेशनकाे उद्घाटन पूर्व मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीले गरे‍का थिए ।

अधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य रामचन्द्र साह, चिरन्जिवी अचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, एकीकृत कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज जयकान्त झा, अधिकारी ट्रेड युनियन पर्साका निर्वतमान अध्यक्ष सुबदार यादव, नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, नेपाल निजामती कर्मचारी युनियन पर्साका उपाध्यक्ष धिरेन्द्र सिंह, राष्ट्रिय कर्मचारी संगठनका शुभाष गुप्ता, खुशबु मिश्रा लगायतकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी शनिबार नै एकीकृत कर्मचारी संगठन वीरगंज महानगरपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति पर्सा कै सभाकक्षमा भएकाे अधिवेशनमा ओमप्रकाश रामकाे अध्यक्षतामा महानगर समिति निर्विराेध निर्वाचित भएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुर । कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ । प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव...

भोटेकोशी बाढीः हालसम्म ९०३ जनाको शव फेला, १० हजार ४५१ को उद्धार

काठमाडौँ । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ...

बाढी पीडितका लागि पटेर्वा सुगौली गाउँपालिकाको ५ लाख ५१ हजार सहयोग

वीरगंज । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पटेर्वा सुगौली...