Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

सिद्धार्थ माध्यमिक विद्यालयका पूर्व बिद्यार्थीहरुले मनाए होली

spot_img
spot_img

वीरगंज । सिद्धार्थ माध्यमिक विद्यालय वीरगंजबाट २०६२ सालमा एस.एल.सि. पास गरेका बिधार्थीहरुले शनिबार भेला भएर होलि मिलन कार्यक्रम गरेका छन्।

वीरगंजस्थित भुटन देबि मन्दिरको प्राङ्गणमा होली मिलन समारोहकाे आयाेजना गरि सिद्धार्थ माविका पूर्व विद्यार्थीहरुले हाेलीकाे शुभकामना अदानप्रदान गरेका हुन् । सो अवसरमा उपस्थित बिद्यार्थीहरुले एक आपसमा अबिर टिका लगाई शुभकामना अदान प्रदान गरेका थिए ।

कार्यक्रममा बि.स २०६२ सालमा एस.एल.सि पास गरि बिभिन्न क्षेत्रमा कार्यरत प्रहरी, डाक्टर, बैंकर्स, संचारकर्मी, व्यवसायि लगायतकालाई सम्मानित समेत गरिएको थियो ।

कार्यक्रममा अनिल पटेल, राज श्रीवास्तव, राकेश साह, अरबिन्द साह, नरेश यादव, प्रमोद राज पटेल, राजेशवर पटेल, मैनोदिन अन्सारी, फैयाज अन्सरी, दिलिप चौधरी, भीष्म चौधरी, लक्ष्म्न साह, लालबाबु साह, तेजनाथ तिवारी, मधुसूदन लोहनी लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...