Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा (एस) निकट अनेम संघ पर्साको कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकटको अखिल नेपाल महिला संघ पर्साको जिल्ला भेला बिहिबार सम्पन्न भएको छ । वीरगंजकाे राधेमाइ धर्मशालामा भएकाे भेलाले लालमुन वाइबाको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ पर्साकाे जिल्ला कार्यसमिति गठन गरेको छ ।

नवगठित समितिकाे उपाध्यक्षमा रेनु चौरासीया, आशा गिरि, सचीवमा पार्वती सुनार, उपसचिवमा गाजमती देबि, कोषाअध्यक्षमा रुपा थापा र सदस्यहरुमा क्रमश कमला देबि दास, देवान्ती देबि दास, रानी देबि, शोभा देबि राम, साबित्रि देबि, इन्दु देबि, प्रमज्योती देबि राम, जुम्त्रि देबि खातुन, कोशिला देबि, हिरामती देबि राम चयन भएका छन् ।

नेकपा एसका प्रदेश कमिटी सदस्य योग कुमारी तामाङको अध्यक्षता र स्थाई कमिटी सदस्य एवं मधेस प्रदेश सह-इन्चार्ज कल्याणि खडकाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा पोलिटब्युरो सदस्य रामचन्द्र साह, अनेमा संघका केन्द्रिय सचीव बिभा कार्की, केन्द्रीय सदस्य मालती चौधरी, नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापा, उपाध्यक्ष गङगा खडका, सचिव बिक्रम चौरासीया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...