Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा (एस) निकट अनेम संघ पर्साको कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकटको अखिल नेपाल महिला संघ पर्साको जिल्ला भेला बिहिबार सम्पन्न भएको छ । वीरगंजकाे राधेमाइ धर्मशालामा भएकाे भेलाले लालमुन वाइबाको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ पर्साकाे जिल्ला कार्यसमिति गठन गरेको छ ।

नवगठित समितिकाे उपाध्यक्षमा रेनु चौरासीया, आशा गिरि, सचीवमा पार्वती सुनार, उपसचिवमा गाजमती देबि, कोषाअध्यक्षमा रुपा थापा र सदस्यहरुमा क्रमश कमला देबि दास, देवान्ती देबि दास, रानी देबि, शोभा देबि राम, साबित्रि देबि, इन्दु देबि, प्रमज्योती देबि राम, जुम्त्रि देबि खातुन, कोशिला देबि, हिरामती देबि राम चयन भएका छन् ।

नेकपा एसका प्रदेश कमिटी सदस्य योग कुमारी तामाङको अध्यक्षता र स्थाई कमिटी सदस्य एवं मधेस प्रदेश सह-इन्चार्ज कल्याणि खडकाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा पोलिटब्युरो सदस्य रामचन्द्र साह, अनेमा संघका केन्द्रिय सचीव बिभा कार्की, केन्द्रीय सदस्य मालती चौधरी, नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापा, उपाध्यक्ष गङगा खडका, सचिव बिक्रम चौरासीया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...