Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजबाट खैरो हिरोइन सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्रामकी २९  वर्षिय महम्द नायम शेख र जिल्ला गोरखा घार्चे गाउँपालिका वडा नं.६ हाल जिल्ला काठमाण्डौ महानगपालिका वडा नं.२६ निवासी २४ बर्षिय सुरेश घले रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउसाे ४:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट शेखलाई पक्राउ गरेकाे हाे ।

सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ संकास्पद रूपमा शेखलाई फेला पारी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा ३०० ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

लागु औषधलाई बरामद गरी शेखसंग प्रारम्भिक अनुसन्धान गर्दा काठमाडाैं निवासी घलेले मगाएको हुँदा निजलाई दिन जादैँ गरेको भन्ने खुल्न बुझीन आएपछि लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी निज घलेलाई समेत पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

पक्राउ परेका दुबै जनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भइरहेकाे उनले जानकारी दिए  ।                       

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...