Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

स्पर्श हस्पिटलकाे सहयाेगमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । स्पर्श मल्टिस्पेशलिटि हस्पिटल वीरगंजकाे सहयोगमा सिम्रौनगढ नगरपालिका वडा नं. ७ वडा कार्यालयकाे आयाेजनामा शनिबार वृहत्त निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविर सम्पन्न भएकाे छ ।

वडा अन्तर्गतका गरिब, विपन्न परिवारका व्यक्तिहरुलाई स्वास्थ्यमा समस्या पैसाको अभावमा चेकजाँच गराउन नसक्नेहरुलाई मध्यनजर गर्दै स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको प्राविधिक सहयोगमा वडा कार्यालयले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविरको आयोजना गरेको थियाे ।

सिम्रौनगढ बजारस्थित श्री कंकाली उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा २ सय ३० जना पुरुष तथा १ सय ७० जना महिला गरि ४ सय जना विरामीको चेकजाँच गरिएको थियो । विरामीहरुलाई स्पर्श मल्टिस्पेशलिटि हस्पिटलका संचालक एवं मेडिशिन विशेषज्ञ डा. महेश्वर कुर्मी, डा. पवन चौरसिया, अर्थो विशेषज्ञ डा. नविन सिंह, जेनरल सर्जन विशेषज्ञ डा. नितेश कणर, डा. संजय साह, गाइनेक्लोजिष्ट डा. बबिता चौधरी, एम.बि.बि.एस. डा. राज पटेल, डा. विकास गुप्ता लगायतको टिमले चेकजाँच गर्नुका साथै विरामीहरुलाई परामर्ष समेत दिएका थिए ।

चेकजाँचको क्रममा खास गरेर मेडिशिन, अर्थो, पिडिया, सर्जरी, गाइने, कार्डियो लगायतका विरामीहरु फेला परेका थिए । फेला परेका विरामीहरुलाई तत्कालको लागि हस्पिटलको तर्फबाट निःशुल्क औषधी वितरण गरिएको थियो भने आउने दिनमा गम्भिर प्रकृत्तिको रुपमा लिन सक्ने विरामीहरुलाई प्यालोजी सहितका चेकजाँचहरु गराएर समयमै सचेत हुन परामर्ष समेत दिइएको थियो ।

ग्रामीण भेगका गरिब, विपन्न परिवारका सदस्यहरुले पैसा अभावको कारण सानो तिनो समस्या भए अस्पताल गई चेकजाँच गराउन आनाकानी गर्ने गरेको अवस्थामा विस्तारै त्यही समस्याले गम्भिर प्रकृत्तिका रुपमा परिणत हुने गरेकोले सानो तिनो समस्या भएपनि समयमा आफ्नो स्वास्थ्य चेकजाँच गराउनुपर्ने विरामीहरुलाई परामर्ष दिइएको थियो ।

स्वास्थ्यमा अलि समस्या हुने वित्तकै चिकित्सकको सल्लाह लिई समयमै उपचार गराए खर्च पनि कम लाग्ने र स्वास्थ्यको जोखम पनि नहुने भएकोले गम्भिर प्रकृत्तिका समस्या उत्पन्न हुन सक्ने विरामीले स्वास्थ्यमा लापरवाही नगर्नुपर्ने परामर्ष दिइएको थियो ।

स्वास्थ्य शिविर सम्पन्न पश्चात सिम्रौनगढ नगरपालिका वडा नं. ७ का वडाध्यक्ष वडाध्यक्ष विवेक मेहताले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग पुर्याएका र विरामीहरुको स्वास्थ्य चेकजाँच पश्चात निःशुल्क औषधी समेत वितरण गर्ने स्पर्श मल्टिस्पेशलिटि हस्पिटलका संचालक एवं मेडिशिन विशेषज्ञ डा. महेश्वर कुर्मीलाई कदर पत्र सहित सम्मान समेत गरिएको हस्पिटलका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...