Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रबार अबेर राति सम्पन्न बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदारलाई समर्थन गर्ने निर्णय गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरुबीच सैद्धान्तिक सहमति भएपनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएकाे उनले वताए । 

यस अघि शुक्रबार साँझ बसेको सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा माओवादी केन्द्रसहितकाे ८ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे । 

बैठकमा प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले गरेकाे प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...