Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

सांसद यादवद्वारा राधेमाईमा राम जानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन

spot_img
spot_img

वीरगंज । संघिय सांसद प्रदिप यादवले वीरगंजकाे राधेमाईमा नवनिर्मित रामजानकी मन्दि प्राणप्रतिष्ठान एवं उद्घाटन गर्नु भएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ श्रीपुर राधेमाई टोलस्थित मठमा नवनिर्मित श्री रामजानकी मन्दिरको प्राणप्रतिष्ठान एवं उद्घाटन एक कार्यक्रमका बिच सांसद यादवले गरेका हुन् ।

मन्दिरमा आयोजित कार्यक्रममा सांसद यादवले पुजापाठ गर्दै मन्दिरको प्राणप्रतिष्ठान एवं मुलगेटमा लगाइएको रिवन काटेर उद्घाटन गरेका थिए ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट संघिय सांसदमा निर्वाचित भएका यादवको संसदीय विकास कोषको ३५ लाख रुपैया एवं स्थानियवासीहरुको सहयोग मन्दिरको निर्माण भएको स्थानियहरुले बताए । मन्दिरद पहिला देखि नै समान्य रुपमा निर्र्माण भएको भएपनि सांसद यादवको सहयोगपछि थप व्यवस्थित बनाएको मठका अध्यक्ष बिनोद मण्डलले बताए ।

मन्दिरको उद्घाटन गर्दै सांसद यादवले अगामी दिनमा मन्दिरलाई अझै भव्य र व्यवस्थित बनाईने बताउँदै नवनिर्मित मन्दिरको उद्घाटन गर्न पाउँदा आफु निकै हर्षित भएको बताए ।

भव्य सजावटका बिच आयोजना भएको उद्घाटन कार्यक्रममा बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, बीरगन्ज महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अजय चौररिया,वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी,मठका अध्यक्ष बिनोद मण्डल स्थानिय समाजसेवी एवं वडावासीहरुको सहभागीता रहेको थियो ।

मन्दिरको उद्घाट तथा सो क्षेत्रको सरसफाई भएसँगै मठमा रहेको जग्गा अतिक्रण लगायतको काममा कमि आउँने तथा स्थानियहरुलाई पुजापाठ एवं धार्मिक गतिबिधि गर्न थप सहज हुने स्थानियहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...