Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

गरिब परिवारकाे छाेरीकाे विवाहमा सहयोग

spot_img
spot_img
वीरगंज । पाेखरिया युवा समाजले ३ जना गरिब तथा विपन्न परिवारका छाेरीकाे विहेमा सहयाेग गरेकाे छ । समाजले कन्या दान माहा दान अभियान अन्तर्गत खाद्यन्न सामग्री सहयाेग गरेकाे हाे ।
 
विभिन्न व्यक्ति तथा संस्थाहरुकाे सहगाेमा खाद्यन्न समाग्री ४ बोरा चामल, ३ बोरा आलु, ३ टिना तेल, तीन टिना रिफाइन, ४५ किलो दाल, ३० किलो चिनी सहयोग गरिएकाे पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए ।
 
छिपहमाई तथा पाेखरिया नगरपालिकाका लेखापाल मन्दिप महतो, पोखरिया युवा समाज, मनोज चौहान, नौसाद आलम, त्रीलोक श्रीवास्त्व, बिकास रौनियार, बिपिन चौरसिया, दिनानाथ रौनियार लगायतकाे आर्थिक सहयाेगमा खाद्यान्न सामग्री सहयाेग गरिएकाे अध्यक्ष तात्वाले वताए ।
 
केही व्यक्तिहरुले गोप्य सहयोग समेत गरेकाे उनले जानकारी दिए । यस्ता सहयाेगहरु तात्वाकाे अगुवाईमा पाेखरिया युवा समाजले निरन्तर गर्दै आएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...