Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

गरिब परिवारकाे छाेरीकाे विवाहमा सहयोग

spot_img
spot_img
वीरगंज । पाेखरिया युवा समाजले ३ जना गरिब तथा विपन्न परिवारका छाेरीकाे विहेमा सहयाेग गरेकाे छ । समाजले कन्या दान माहा दान अभियान अन्तर्गत खाद्यन्न सामग्री सहयाेग गरेकाे हाे ।
 
विभिन्न व्यक्ति तथा संस्थाहरुकाे सहगाेमा खाद्यन्न समाग्री ४ बोरा चामल, ३ बोरा आलु, ३ टिना तेल, तीन टिना रिफाइन, ४५ किलो दाल, ३० किलो चिनी सहयोग गरिएकाे पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए ।
 
छिपहमाई तथा पाेखरिया नगरपालिकाका लेखापाल मन्दिप महतो, पोखरिया युवा समाज, मनोज चौहान, नौसाद आलम, त्रीलोक श्रीवास्त्व, बिकास रौनियार, बिपिन चौरसिया, दिनानाथ रौनियार लगायतकाे आर्थिक सहयाेगमा खाद्यान्न सामग्री सहयाेग गरिएकाे अध्यक्ष तात्वाले वताए ।
 
केही व्यक्तिहरुले गोप्य सहयोग समेत गरेकाे उनले जानकारी दिए । यस्ता सहयाेगहरु तात्वाकाे अगुवाईमा पाेखरिया युवा समाजले निरन्तर गर्दै आएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...