Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

spot_img
spot_img

बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलासा गरेका छन् ।

फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताएका छन् । साथै, क्यानडेली नागरिकताबारे यथार्थ नबुझिकन मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि उनले बताए ।

अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहींबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु । मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन् ।’

सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए । यसबारे कुरा गर्दै उनले फिल्मले बक्स अफिसमा गरेको कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए । साथीको सल्लाहमा उनी क्यानडा जान चाहन्थे । उनले भने, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियो र उसले यता आऊ भन्यो । मैले आवेदन दिए र छाडें ।’

अक्षय भन्छन्, ‘मेरो दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र दुवै सुपरहिट हुनु भाग्यको कुरा हो । मेरो साथीले भन्यो फर्केर जाऊ, काम सुरु गर । मैले केही फिल्म पाएँ र थप काम पाइरहेको छु । मसँग राहदानी छ भनेर मैले बिर्सें । मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ । तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु ।’

अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं विरोधको निशानामा रहन्छन् । उनको क्यानेडियन नागरिकता बहसको विषय भएको छ । अक्षयले तीन वर्षअघि आफ्ना फ्यानलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए ।

अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन् । यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन् । यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो । यसपछि अक्षय कुमार टाइगर श्राफको अपोजिट ठूलो ‘मियाँ छोटे मियाँ’ मा देखिनेछन् । यसबाहेक उनीसँग ‘ओ माइ गड २’, ‘फिर हेराफेरी २’ जस्ता फिल्म पनि छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...