Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सांसद यादवद्वारा वीरगंज कारागारकाे अनुगमन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले वीरगंज कारागारको भौतिक अवस्था जीर्ण भएकाले त्यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । मंगलबार आफै कारागारको स्थलगत निरिक्षण गर्दै पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले सुरक्षा र मानव अधिकारका दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताएका हुन् ।

सांसद यादवले ८ दशक पहिले निर्माण भएको कारागारको संरचना निक्कै पुरानो भइ जीर्ण अवस्थामा पुगिसकोले यसले कारगारकार भित्र रहेका कैदीबन्दी मात्र नभइ त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारी पनि जोखिममा रहेको बताए । कारागारको सुरक्षाकर्मी बस्ने पोस्ट पनि भत्किने अवस्थामा पुगिसकेको अवस्था रहेको भन्दै यादवले मानव अधिकारको दृष्टिकोणले पनि कारागारको अवस्थामा सुधार ल्याउन आवश्यक भएको बताए ।

अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहेको पाइएको भन्दै यादवले भने ,‘ तत्कालै कारागारको लागि नयाँ संरचनाको आवश्यकता छ, यदि त्यो सम्भव नभए हालकै भौतिक संरचनामा सुधार ल्याएर कैदीबन्दीको मानवाधिकारलाई सुरक्षित गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ ।

उनले निरिक्षणमा संगै रहेका वीरगंज महानगरपालिकाका प्राविधिक सल्लाहकारलाई यस विषयमा काम गर्न निर्देशन पनि गरे । यसका साथै जीर्ण वीरगंज कारागारका बारेमा संसदमा आवाज उठाएर समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

सांसद यादवले कारागार निरिक्षण गर्ने क्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, कारागार प्रशासनका कर्मचारी , वीरगंज महानगरपालिकाका कर्मचारी, कारागारका सुरक्षाकर्मी लगायतको पनि सहभागिता रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...