Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

क्षेत्रकाे विकास निर्माणकाे काममा सांसद यादवको चासो, सडकको स्थलगत अनुगमन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले आफ्नो संसदीय क्षेत्रका विकास निर्माणका कामको बारेमा चासो लिएका छन् । नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले सोमवार वीरगञ्जका विभिन्न क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरुको स्थलगत अनुगमन गरेका हुन् ।

पर्साको क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्जको हरपतगञ्जदेखि मनियारी, ईटियाही, भवानीपुर हुँदै जगरनाथपुर नहरसम्म जोड्ने साढे ६ किलोमिटर सडक खण्डको सांसद यादवले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा सांसद यादवले सडक निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताउँदै गुणस्तरीय ढंगले लापरवाही नगरी निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सडक सञ्जालको निर्माणले नै विकासको ढोका खुल्ने हुने सांसद यादवको बुझाई छ । उनले भने, ‘सडकको बिकास भएपछि अरु कुराको स्वत विकास हुन्छ, सडक भनेको बाटो मात्रै हैन, विकासको पनि बाटो हो ।’

सडक बिकासको पहिलो आधार भएको बताउँदै उनले आफ्नो क्षेत्रलाई कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे । सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकोमा खुशी व्यक्त गर्दै पूर्व मन्त्री यादवले सडक निर्माण भएपश्चात सो क्षेत्रका किसानहरुको उत्पादनले सहज रुपमा बजार पाउने बिश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको सडक डिभिजन कार्यालय हेटौडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे ६ किलोमीटर लम्बाईको कालोपत्रे सडक पुष मशान्त २०८१ भित्र सम्पन्न गर्ने गरी २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगञ्जले काम गरीरहेको छ ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्री भएको बेलामा ११ भदौमा यादवले नै उक्त सडकको शिलान्यास गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...