Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

केमेस्ट्री शिक्षककाे माग गर्दै दिव्य कन्याका विद्यार्थीहरुद्वारा तालाबन्दी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ मा रहेकाे दिव्य कन्या प्राविधिक विद्यालय बिरन्चीबर्वमा विद्यार्थीहरु तालाबन्दी गरेका छन् । शिक्षक अभाव परिपुर्तिकाे माग गर्दै विद्यार्थीहरुले गरेकाे तालबन्दीका कारण मंगलबार विद्यालयकाे पठनपाठन प्रभावित भएकाे थियाे ।

विद्यालय समय सकिएपछि विद्यालयकाे मुल गटेमा लगाएकाे ताला विद्यार्थीहरु खाेले पनि प्रधानाध्यापककाे कक्ष र लेखा शाखामा लगाएकाे ताला यथावत राखेका छन् । समस्या समाधान नहुँनजेल सम्म तालबन्दी यथावत रहने विद्यार्थीहरुकाे भनाई छ ।

लामाे समयदेखि केमेस्ट्री शिक्षक नहुँदा आज बाध्य भएर तालबन्दी गर्नु परेकाे कक्षा ११ का विद्यार्थी रहमत हुँसेनले वताए । बार्षिक परिक्षा नजिकिए पनि केमेस्ट्री विषयकाे पढाई नहुँदा आफुहरु मर्कामा परेकाे उनले वताए ।

विषय शिक्षककाे साथै विद्यालयकाे प्रयाेगशाालामा कुनै समाग्री नभएकाे र कम्युटरहरु पनि खराब भएकाे गुनासाे उनले गरे । आफुहरुकाे समस्या समाधान गर्न विद्यालयका प्रधानाध्यापकले कुनै चासाे नदेखाएकाे उनले आराेप समेत लगाए ।

परिक्षा मात्र दुई महिना बाकी रहेपनि अहिले सम्म २५ प्रतिशत पनि केमेस्ट्री विषय पढाई नभएकाे कक्षा १२ की विद्यार्थी सुसानी गुप्ताले वताइन । आफुहरु कक्षा १२ मा आएदेखि केमेस्ट्री शिक्षक नरहेकाे वताउँदै उनले आफुहरु परिक्षामा फेल भए यसकाे जिम्मेवारी कसले लिने प्रश्न समेत गरिन ।

यसका साथै ओजिटीकाे पैसा पनि हाल सम्म आफुहरु नपाएकाे उनले गुनासाे गरिन ।

केमेस्ट्री शिक्षककाे लागि जेठ मै आफुले गाउँपालिकासंग माग गरे पनि हाल सम्म शिक्षककाे समस्या समाधान हुन नसकेकाे विद्यालयका प्रधानाध्यापक रामयतन प्रसादले वताए । जिल्ला मै केमेस्ट्री शिक्षक अभाव भएका कारण तत्काल व्यस्थापन गर्न समस्या भएकाे उनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...