Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026

चितवन २ मा उपनिर्वाचन वैशाख १० गते हुने

spot_img
spot_img

वीरगंज । निर्वाचन आयोगको आइतबार बसेको बैठकले चितवन निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन २०८० साल बैशाख १० गते गर्ने निर्णय गरेकाे छ । बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम चितवन २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनकाे मिति बैशाख १० गते तोक्ने निर्णय गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २०७९।१०।१३ मा आदेश भै आएको र संघीय संसदको च.नं. ३२ मिति २०७९।१०।१९ को पत्रबाट लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएपछि साे क्षेत्रमा उप निर्वाचनकाे मिति ताेक्ने निर्णय भएकाे निर्वाचन आयाेगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको प्रवक्ता पाैडेलले वताए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आइतबार स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुने निर्वाचन आयाेगले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

डीआईजी अधिकारीद्वारा जिल्ला प्रहरी पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगंजकाे अनुगमन

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले पर्सास्थित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजको...

वीरगंजको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा महानगरको छापा, हुक्का र सुर्तीजन्य पदार्थ बरामद

वीरगंज । वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा आकस्मिक अनुगमन गरी ठूलो परिमाणमा अवैध हुक्का तथा...

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...