Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

सामाजिक रुपान्तरणका लागि शिक्षा अपरिहार्य छ : पूर्व मन्त्री यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन् । समाज रुपान्तरणका लागि शिक्षाको अपरिहार्यताका बारेमा प्रकाश पार्दै पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रोत्साहन गर्ने अभियानको थालनी गर्नुपर्नेमा जोड दिए ।

वीरगञ्जको राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले हरेक स्थानीय तहका वडाध्यक्षहरुले आ–आफ्नो वडामा विद्यालयसम्म नपुगेका बालबालिकाको खोजी गर्दै उनीहरुलाई विद्यालय लैजाने अभियान सुरु गर्न सुझाव दिए । यादवले भने, ‘स्कुलसम्म आउन नसक्ने बालबालिकालाई वडाध्यक्षहरुले मासिक १ हजार रुपैयाँ प्रोत्साहनस्वरुप दिने घोषणा गर्नुहोस्, जसले गर्दा स्थानीय सरकारको आभाष पनि जनताले गर्न पाउँछन् र बालबालिकाहरु पनि शिक्षाबाट बञ्चित हुँदैनन् ।’

विगतमा छोरालाई मात्रै पढाउने र बिहे गरेर जाने छोरीलाई पढाउन नहुने मान्यता बिस्तारै हराउँदै गएको र अहिले छोरा भन्दा पनि छोरीलाई बढी पढाउने संस्कारको विकास हुँदै गएकोमा उनले खुशी व्यक्त गरे । वीरगञ्जमै अब्बल र गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थासँगै शिक्षकहरु भएको हुँदा अध्ययनकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि पूर्व मन्त्री यादवको जोड थियाे ।

गरिब, विपन्न एवम् दलित समुदायमा शिक्षाको पहुँच बढाउनुपर्ने बताउँदै उनले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएमा विद्यार्थीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

साउथ जोन माविका प्रधानाध्यापक सरोज कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, उपाध्यक्ष शिव गुप्ता, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, विद्यालयकी निर्देशिका सूर्यमाया खड्का, नबिल बैंक श्रीपुरका शाखा प्रबन्धक सन्तोष साह, पुस्तक व्यवसायी संघ पर्साका अध्यक्ष रोहित ब्याहुत, सामाजिक अभियानता प्रकाश थारु लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा विद्यालयमा वर्षभरी भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । साथै लामो समयसम्म विद्यालयका भूतपूर्व शिक्षक शिक्षिकाहरुलाई पनि सम्मानपत्रमार्फत सम्मान गरिएको थियो । आजै साउथ जोन डान्सिंग स्टार र साउथ जोन आइडल सिजन ४ पनि सम्पन्न भएको छ । जसमा पुनम सिंह र राजेश चौधरीले नृत्यतर्फ र गायकद्वय मन्दिप खड्का र सद्धाम हुसैनले गायनतर्फको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यालयकी नेपाली विषय विभाग प्रमुख प्रमिला निरौलाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण विद्यालयकै सहप्रध्यापक अशोक संग्रौलाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...