Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पिपरा पशुपति नाथ मन्दिरमा सोमबार महाआरती हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ ।

भारतको काशी विश्वनाथका मुख्य पुजारी, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थको संयुक्त उपस्थितिमा महाआरती हुन लागेको हो । वीरगंज मै पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको वीरगंज महानगरपालिकाले जनाएकाे छ ।

वीरगंज महानगरपालिका र विश्व हिन्दु परिषदकाे संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाइएकाे छ । वीरगंजलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगंज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

महानगरले माइस्थान मन्दिर क्षेत्रलाई यस अघि नै सौन्दर्यकरण गर्न सुरु गरिसकेको छ । माइस्थान क्षेत्रमा बाँकी रहेको लाइटिङ र गार्डेनिङको काम चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको मेयर सिंह जानकारी दिए ।

तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको उनले वताए । काठमाण्डौंको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरु पिपरामा रहेको पशुपती मन्दिरमा पुगेर पुजा अर्चना गर्न सक्ने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...