Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

समता स्कुलका बिद्यार्थीहरुलाई आवश्य सामग्री बितरण

spot_img
spot_img

वीरगंज । वीरगंज कारागारमा रहेकाे समता स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सोमबार नि:शुल्क रुपमा जुता तथा कापी, कलम, साबुन, बिस्कुट र जुस लगायतका सामग्री बितरण गरिएको छ ।

परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल वीरगंजे साेमबार बिद्यालयमा अध्ययनरत ७५ जना बिद्यार्थीहरुलाई साे सामग्री वितरण गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक बिशाल मल्लले बिधार्थीहरुलाई सामग्री बितरण गर्दै सामाजीक कार्यमा सबैले हातोमालो गर्दै अगाडी बढन आग्रह गरे । उनले अगामी दिनमा पनि सामाजिक कार्य गर्नका साथै यस क्षेत्रको शान्ति सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, विद्यालयका शिक्षक, शिक्षिका लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

दुई कक्षासम्म पढाई हुने सो विद्यालयमा करागारमा रहेका कैदीबन्दीका छोरा/छोरी लगायत अति बिपन्न वर्गका छोरा/छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...