Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

गरिबी निवारणकाे लागि लघु उद्यम तालिम

spot_img
spot_img

वीरगंज । गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न भएको छ । वीरगंज उधोग बाणिज्य संघले लघु व्यवसाय विकास कोष पर्साको सहकार्यमा लघु व्यवसायी कार्यक्रम तालिम दिइएको हो ।

वीरगंज महानगरपालिकाकाे समन्वयमा भएको तालिममा सिलाई कटाई, ढाका बुनाई, मध्यम तालिम अन्तर्गत बेतबासका फर्निचर, मोबाइल बनाउने तालिम र काठका फर्निचर निर्माण गर्ने तालिम सञ्चालन गरिएको थियाे ।

१ सय २० जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको आयाेजक संस्थाकी अध्यक्ष चंचला दासले वताइन । उनका अनुसार यो कार्यक्रम नतिजामा आधारित र वास्तविक विपन्न मात्रै यो कार्यक्रमको लक्षित वर्गमा पर्ने गर्छन ।

वीरगंज महानगरपालिका उप-प्रमुख इम्तियाज आलमले अति बिपन्न, न्युन आयस्तर भएका, गरिब, बेरोजगारीलाई पनि आत्मनिर्भर बनाउनु पर्ने वताए । उनले उनीहरुका लागि पनि केहि सिपमुलक कार्यक्रमहरु संचालन गर्नु पर्ने वताए । 

तालिम समापन्न कार्यक्रमलाई सम्बाेधन गर्दै उप मेयर आलमले आफुले सिकेको सिप र ज्ञानलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न सके थुप्रै उपलब्धी हासिल गर्न सकिने सुझाव दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...