Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

माइस्थान तथा मिना बजार क्षेत्रका तरकारी बजार गिता मन्दिर नजिक स्थानान्तरण

spot_img
spot_img

वीरगंज । वीरगंजकाे माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा हुँदै आएको तरकारी तथा फलफुल बजारलाई गिता मन्दिर नजिक रहेको खाली जग्गामा व्यवस्थापन गरिएको छ । मिना बजार क्षेत्रको सडक पेटीमै लाग्ने गरेको तरकारी तथा फलफुल बजारले आउजाउमा असहज भए पछि वीरगंज महानगरपालिकाले गिता मन्दिर नजिकको खाली जग्गामा व्यवस्थापन गरेको हो ।

महानगरले गएको बुधबार सूचना जारी गर्दै माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटी, २ र ३ नम्वर रोड आसपासको सडकपेटीमा अव्यवस्थित तरकारी बजार लगाइरहेकालाई गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण हुन आग्रह गरेको थियो । त्यस क्षेत्रको सडक पेटीमा व्यवसाय गर्दै आएका फलफुल तथा तरकारी व्यवसायीहरु सोमबारबाट गिता मन्दीर नजिकको खाली जग्गामा पसल संचालनका लागि स्थानान्तरण भएका छन् ।

महानगरपालिकाको नगर प्रहरी र सरसफाई शाखाका प्रतिनिधिको रोहबरमा व्यवसायीलाई पसल संचालनका लागि खाली जग्गामा व्यवस्थापन गरिएको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बजार व्यवस्थित बनाउन सडक पेटीमा अव्यवस्थित रहेका तरकारी तथा फलफुल बजारलाई खाली ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

सोही बमोजिम सोमबारदेखि सडक पेटीमा यात्रु आउजाउ गर्नै नमिल्ने गरी थापिएका तरकारी तथा फलफुल पसललाई खाली जग्गामा स्थानान्तरण गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।

महानगरपालिकाले माइस्थान तथा मिना बजार क्षेत्रको सडक तथा सडक पेटीमै हुने गरेको तरकारी तथा फलफुल बजार स्थानान्तरण गरेसँगै यात्रुलाई आउजाउमा सहज भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...