Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजलाई पर्यटकीय शहर बनाउन महानगर लागि परेकाे छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । सोमबार वीरगंजमा आयोजित पर्यटन प्रवर्धन तथा पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् ।

उनले भारतीय पर्यटक भित्र्याउने गरी महानगरले काम गरिरहेको भन्दै त्यसमा सबैले साथ दिन आह्वान गरे । वीरगंजमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन्,’ उनले भने, ‘त्यसैले हामीले पनि भारतीय पर्यटक बढी भित्रिउन भनेर निर्वाचित भएर आएसँगै भारतीय सवारीसँग लिने गरिएको सवारी कर हटाइदियौँ ।’

भारतीय सवारी सँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भए पनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको उनले बताए ।

महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उनले अब १५० वर्ष भन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुननिर्माणमा आफूहरु लागि परेको पनि बताए ।

आउँदो चैत्र सम्ममा वीरगंजकाे मुहार फेर्ने गरी काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको पनि बताए ।
सबैले आफ्नो ठाउँबाट काम गरे मात्रै वीरगंजलाई आर्थिक नगरीसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिनेमा उनको जोड थियो ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिक्षाने लगायत होटल व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...