Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पिप्रा लिङ्क रोडकाे नाम महात्मा गान्धी पथ राख्ने कार्यकाे नेकपा एस वीरगंजद्वारा विराेध

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिप्रा स्थित लिङ्क रोडलाई महात्मा गान्धी मार्ग नमांकन गर्ने कार्यकाे नेकपा एकिकृत समाजावादी वीरगंज महानगर कमिटिले बिरोध जनाएको छ ।

कमिटिका अध्यक्ष मनोज चौधरीले बुधवार एक बिज्ञप्ती जारी गर्दै प्रदेश सरकार, वीरगंज महानगरपालिका र वीरगंजस्थित भारतीय महाणिज्यदुतावासको सहकार्य बिहिबार एक कार्यक्रमकाे आयाेजना गरि पिपराकाे लिंक राेडकाे नाम परिवर्तन गर्न लागिएकाेमा विराेध जनाएका हुन् । 

नेपालको बिभुती, सहिद तथा स्थानिय समाजसेवी नामाकारण गर्न सकिने भएपनि बिदेशी बिभुतीको नामले नामाकारण गर्न खोज्नु नेपाली राष्ट्रियता प्रतिको गम्भीर प्रहार भएको अध्यक्ष चाैधरीले वताए ।

एकिकृत समाजवादी महानगर कमिटि विकास एवं भौतिक पूर्वधार निर्माणको बिरोधी नरहेको वताउँदै उनले स्थानियहरुको ब्यापक बिरोधको बावजुद पनि नाम परिवर्तन गर्नु गलतकाे हुने वताउँदै त्यस्ताे कार्यमा हाम्राे सहमती नरहने जनाए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...