Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पिप्रा लिङ्क रोडकाे नाम महात्मा गान्धी पथ राख्ने कार्यकाे नेकपा एस वीरगंजद्वारा विराेध

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिप्रा स्थित लिङ्क रोडलाई महात्मा गान्धी मार्ग नमांकन गर्ने कार्यकाे नेकपा एकिकृत समाजावादी वीरगंज महानगर कमिटिले बिरोध जनाएको छ ।

कमिटिका अध्यक्ष मनोज चौधरीले बुधवार एक बिज्ञप्ती जारी गर्दै प्रदेश सरकार, वीरगंज महानगरपालिका र वीरगंजस्थित भारतीय महाणिज्यदुतावासको सहकार्य बिहिबार एक कार्यक्रमकाे आयाेजना गरि पिपराकाे लिंक राेडकाे नाम परिवर्तन गर्न लागिएकाेमा विराेध जनाएका हुन् । 

नेपालको बिभुती, सहिद तथा स्थानिय समाजसेवी नामाकारण गर्न सकिने भएपनि बिदेशी बिभुतीको नामले नामाकारण गर्न खोज्नु नेपाली राष्ट्रियता प्रतिको गम्भीर प्रहार भएको अध्यक्ष चाैधरीले वताए ।

एकिकृत समाजवादी महानगर कमिटि विकास एवं भौतिक पूर्वधार निर्माणको बिरोधी नरहेको वताउँदै उनले स्थानियहरुको ब्यापक बिरोधको बावजुद पनि नाम परिवर्तन गर्नु गलतकाे हुने वताउँदै त्यस्ताे कार्यमा हाम्राे सहमती नरहने जनाए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...