वीरगंज । नेवि संघले ठाकुर राम बहुमुखि क्याम्पस वीरगंजमा सरसफाई गरेहेकाे छ । सरस्वती पुजाकाे अवसरमा नेवि संघ ठाकुर राम क्याम्पस इकाई समितिकाे आयाेजनामा क्याम्पस परिसरमा सर-सफाई कार्यक्रम सम्पन्न भएकाे हाे ।
बिद्यार्थी नेता सुधानसु प्रसाद चौरसियाको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी, अशोक गुप्ता, पर्सा क्षेत्र नं. २ को क्षेत्रीय सभापति महमद सहाबुदिन, वीरगंज महानगर अध्यक्ष मनिन्द्र लाल नेपाली, ठाकुर राम बहुमुखि क्याम्पस प्रमुख उमेश प्रसाद चौरसिया, क्याम्पसका लेखा प्रमुख गुन्जन सिंह, क्याम्पसका प्राध्यापक कन्हैया झा, उमा मिश्रा, प्रजातान्त्रिक कर्मचारी संघको सभापति गिता श्रेष्ठ लगायतकाे सहभागिता रहेकाे थियाे ।






