Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय वाणिज्य बैंककाे ५८ औं बार्षिकाेत्सवकाे अवसरमा वीरगंजमा सत्ताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । बैंककाे मधेश प्रादेशिक कार्यालय वीरगंजले रक्तदान सहितकाे विभिन्न कार्यक्रमकाे आयाेजना गरि सत्ताव्यापी रुपमा बार्षिकाेत्सव मनाएकाे हाे ।

बार्षिकाेत्सवकाे अवसरमा आयाेजित सत्ताव्यापी कार्यक्रमकाे अन्तिम दिन बैंकले वीरगंजकाे श्रीसियास्थित मानव सेवा आश्रममा खाना खुवाउनुकाे साथै बैंककाे प्रादेशिक कार्यालय आदर्शनगरमा समापन समाराेहकाे आयाेजना गरेकाे बैंकका आलाेक कर्णले जानकारी दिए ।

बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्र‍िय वाणिज्य बै‍ंककाे शाखा कार्यालय आदर्शनगर, श्रीपुर र प्रादेशिक कार्यालय वीरगंजका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

 बैंककाे सभा हलमा आयाेजित कार्यक्रममा पूर्व कर्मचारी र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएकाे कर्णले वताए ।

यस्तै बैंकले बार्षिकाेत्सवकाे अवसरमा रक्तदान, प्रभातफेरी,  विभिन्न खेलकुद लगायतकाे कार्यक्रम गरिएकाे बैंकका कर्मचारी राहुल ओझाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...