Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कर्पुरी ठाकुरकाे ९९ औं जयन्ती वीरगंजमा मनाइयाे

spot_img
spot_img

वीरगंज । भारत विहारका पूर्व मुख्यमन्त्री स्व‍. कर्पुरी ठाकुरकाे ९९ औं जयन्ती वीरगंजमा मनाइएकाे छ । नेपाल नाई समाज पर्साकाे आयाेजनामा मंगलबार वीरगंजकाे छपकैयामा जयन्तीकाे समाराेह सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल नाई समाजका राष्ट्रिय अध्यक्ष डा. राजेन्द्र ठाकुरले नाई समाजकाे सन्नततीकाे उत्थानकाे लागि आप्ननाे पेनसनबाट नाई समाजलाई रु ५ लाख सहयाेग गर्ने प्रतिवद्धता जनाए ।

त्रिभुवन विश्व विद्यालयका पूर्व सभासद समेत रहेका डा. ठाकुरले नाई समाजकाे राजनीतिक धेरै कम पहुँच रहेकाेले पहुँच बढाउन पनि जरुरी रहेकाे वताए । उनले समाजकाे उत्थानकाे शिक्षामा ध्यान दिनु पर्ने जरुरी रहेकाे वताए ।

डा. ठाकुरले स्व. कर्पुरी ठाकुरकाे जिवनीकाे बारेमा चर्चा गर्दै उनी दुई पटक विहारकाे मुख्यमन्त्री र एक पटक उप मुख्यमन्त्री भएकाे वताए ।

नाई समाज पर्साका अध्यक्ष शिवशंकर ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजका गान्धी ठाकुर, चिरन्जीवी  ठाकुर, संताेष ठाकुर, विजय ठाकुर लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नाई समाज पर्साका सचिव उमेश ठाकुरले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...