Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

सशस्त्र प्रहरी दिवसकाे अवसरमा एक सय जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साकाे आयाेजनामा आइतबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । सशस्त्र प्रहरी दिवसकाे अवसरमा भएकाे कार्यक्रममा ३ महिलासहित एक सय जनाले रक्तदान गरेका हुन् ।

गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतसहित सशस्त्र प्रहरी निरीक्षक सन्दिप थापा, तिर्थराज न्यौपाने, हरेराम सर्राफ, इनरपरी सर्राफ, बबिता पासवान, रमिता चौधरी लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीका राजन श्रीवास्तवले जानकारी दिए । 

सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सशस्त्र प्रहरीले शान्ति सुरक्षा, सीमा सुरक्षासँगै सामाजिक कार्यमा पनि सक्रिय भएको बताए । सबै निकायले आफ्नो जिम्मेवारीसँगै समाजप्रतिको उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

देशैभर सशस्त्र प्रहरी दिवस मनाउने क्रममा पर्सा जिल्लामा पनि सामाजिक कार्य गर्ने सोचका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको निमित्त गणपति बस्नेतले बताए । सशस्त्र प्रहरीले सीमा सुरक्षा मात्रै नभएर सामाजिक काम पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको बस्नेतेको भनाई छ । उनले भने, ‘रक्तदान जस्तो पुण्य अनि मानवीय काम अरु हुन सक्तैन, हामीले गरेको रगत दानले कोही कसैको ज्यान बच्छ ।’ 

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, नेता अर्विन्द सिंह, वीरगंज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी, सामाजिक अभियानता प्रकाश थारु, युवा अभियानता कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेरी अस्पतालमा औषधि अभावदेखि अनियमिततासम्मका आरोप, निष्पक्ष छानबिनको माग

नेपालगंज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पताल यतिबेला औषधि अभाव, आर्थिक अनियमितता, स्टोर आगलागी तथा प्रशासनिक सेटिङका आरोपका कारण विवादमा तानिएको...

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा...

मधेश प्रदेशमा कार्यसम्पादनमा उत्कृष्ट बन्दै जिप्रका पर्सा सम्मानित

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कार्यसम्पादन...