Date
बिहि, भदौ १८, २०८३
Thu, September 3, 2026

स्वतन्त्र प्रदेश सभा सदस्य जयसवाल जसपा प्रबेश, मन्त्री बन्ने

spot_img
spot_img

वीरगंज ।  मधेश प्रदेशका २ जना स्वतन्त्र प्रदेश सभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य प्रमोद कुमार जयसवाल र महोत्तरीको क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सुरिता साह जसपामा प्रवेश गरेका हुन् ।

दुवै प्रदेशसभा सदस्यलाई आइतबार काठमाडाैंकाे बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएकाे जसपाका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदिप यादवले जानकारी दिए ।

मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहेकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन् ।

साे अवसरमा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतका नेताहरुकाे उपस्थिती रहेकाे थियाे ।

जसपा प्रबेश गरेका प्रदेश सभा सदस्य जयसवाललाई मन्त्री बनाउने सहमती भएकाे छ । सहमती अनुसार चाँडै विस्तार हुने मधेश प्रदेश सरकारकाे मन्त्री परिषदमा जसपाले पार्टीकाे तर्फबाट जयसवालाई पनि सहभागि गराउने छ ।

जसपा स्राेतका अनुसार जयसवाल समाजिक विकास मन्त्री बन्ने छन् । जयसवालकाे समाजिक क्षेत्रमा राम्राे अनुभव रहेका कारण उनलाई जसपाले समाजिक विकास मन्त्री बनाउने तयारीकाे साथ पार्टी प्रबेश गराएकाे हाे । 

पार्टी प्रबेशकाे विषयमा जयसवालसंग फाेनमा सम्पर्क गर्न प्रयास गर्दा उनकाे माेबाइल स्विच अफ भएका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...