Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

भागबाण्डाको राजनीतिक देशको लागि दुर्भाग्य हो : प्रभु साह

spot_img
spot_img

वीरगंज । स्वतन्त्र सांसद प्रभु साहले अहिले सत्तामा उपप्रधानमन्त्री धेरै भएको भन्दै आलोचना गरेका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै धेरै उपप्रधानमन्त्री किन बनाइयो भनेर प्रश्न गरेका हुन् । 

‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकता कै कोणमा यति उपप्रधानमन्त्री बनेको हो ? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साही बनाउँछ ?,’ उनले प्रश्न गरे । 

त्‍यस्तै उपप्रधानमन्त्री चाहिएकै भएपनि मन्त्रालयसम्मत नभएको पनि बताएका छन् । उपप्रधानमन्त्री बनाएपनि परराष्ट्र मन्त्री, रक्षा मन्‍त्री जस्ता मन्त्रालयलाई दिनुपर्ने उनको भनाई थियो।

आम जनता पार्टीका अध्यक्ष समेत रहेका सांसद साहले यस्ता पदहरू आवश्यकताको आधारमा नभई कुनै व्यक्तिलाई खुसी बनाउनको लागि सिर्जना भइरहेको बताए ।

उनले भने ‘हामी आवश्यकताको आधारमा पद सृष्टी गर्छौं कि व्यक्तिलाई खुशी बनाउन पद सृष्टी गर्छौं । केही लामो समयदेखि हामी भागबन्डाको राजनीति हेरिरहेका छौं । यो भागबन्डाको राजनीतिले देशलाई सुशासनको दिशामा लान्छ ? भागबन्डाको राजनीतिले व्यक्तिलाई खुसी बनाउने राजनीतिले के देशलाई समृद्धिको दिशामा लान्छ ? यसले देशकाे लागि दुर्भाग्य हुन्छ ।”

अहिले चार जना उपप्रधानमन्त्री छन् । विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...