Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा आगलागी, दुई लाख भन्दा बढीकाे क्षति

spot_img
spot_img
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीको एउटा घरमा शनिबार विहान आगलगी भएकाे छ । स्थानिय अच्छेलाल साह तेलीको घरमा आगलगी हुँदा रु दुई लाख भन्दा बढीकाे धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।
 
आगलागीले कंची (खप्डा) काे घर पूर्ण रुपले जल्नुकाे साथै घरमा रहेकाे ढाेका २ थान, टायर एक थान, चाैकी एक थान र काठ एक टेलर जलेर नष्ट भएकाे पिडित साहले जानकारी दिए ।  
 
आगो तापनका लागी बालिएको आगो शनिबार विहान ४ बजे सल्केर आगलगी भएको स्थानियहरु बताएका छन् । पोखरीया नगरपालिकाबाट पुगेकाे बारुण यन्त्र र स्थानियहरुकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे ।
 
आगलागी भएकाे घर नजिकै स्थानिय तपसी बरैको ग्यास, सिलिन्डरको पसल रहेकोले समय मै आगो नियन्त्रण हुँदा धेरै क्षती हुनेबाट जोगिएको स्थानिय राजेन्दर राउत बरैले वताए ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...