Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा र बारामा भएकाे कार्यक्रममा १३३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ठाकुरराम बहुुमुखी क्याम्पस वीरगंजमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ३ महिला सहित ३३ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा मेघराज यादव , प्रदीप साह , पवन कलवार , राजन गुप्ता , शक्ति अग्रवाल, भीमबली पटेल , मोनी गुप्ता , शीवानी गुप्ता , प्रियंका कुमारी लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेन्द्र झाले जानकारी दिए ।

अनेरास्ववियु वीरगंज महानगर कमिटीका आशिफ अहमदको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल खेलकुद महासंघका मधेस प्रदेश इन्चार्ज मानदेव हजरा, उपमहासचिव शीवजी गुप्ता, जिल्ला सचिव सन्दिप बस्नेत, खेलकुद महासंघका वीरगंज महानगर अध्यक्ष श्याम प्रसाद रौनियार, अनेरास्ववियु केन्द्रिय सदस्य मेराजुल हवारी, अनेरास्ववियु जिल्ला अध्यक्ष रेयाज अन्सारी, क्याम्पस प्रमुख उमेश चैरसिया लगायतकाे उपस्थिति रहेकाे थियोे ।

यसैगरी २२ औ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा बाराकाे पिलुवामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रिजर्भ गण हे.क्वा पिलुवामा भएको कार्यक्रममा ७ महिला सहित एक सय जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...