Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा र बारामा भएकाे कार्यक्रममा १३३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ठाकुरराम बहुुमुखी क्याम्पस वीरगंजमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ३ महिला सहित ३३ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा मेघराज यादव , प्रदीप साह , पवन कलवार , राजन गुप्ता , शक्ति अग्रवाल, भीमबली पटेल , मोनी गुप्ता , शीवानी गुप्ता , प्रियंका कुमारी लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेन्द्र झाले जानकारी दिए ।

अनेरास्ववियु वीरगंज महानगर कमिटीका आशिफ अहमदको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल खेलकुद महासंघका मधेस प्रदेश इन्चार्ज मानदेव हजरा, उपमहासचिव शीवजी गुप्ता, जिल्ला सचिव सन्दिप बस्नेत, खेलकुद महासंघका वीरगंज महानगर अध्यक्ष श्याम प्रसाद रौनियार, अनेरास्ववियु केन्द्रिय सदस्य मेराजुल हवारी, अनेरास्ववियु जिल्ला अध्यक्ष रेयाज अन्सारी, क्याम्पस प्रमुख उमेश चैरसिया लगायतकाे उपस्थिति रहेकाे थियोे ।

यसैगरी २२ औ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा बाराकाे पिलुवामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रिजर्भ गण हे.क्वा पिलुवामा भएको कार्यक्रममा ७ महिला सहित एक सय जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना...

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज...

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...