Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

वीरगंज व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे विकासका लागि ज्येष्ठ नागरिकको मार्गदर्शनको आवश्यक्ता रहेको बताएका छन् ।

एक्लाे प्रयासले मात्रै केही गर्न नसक्ने भन्दै उनले वीरगंजलाई व्यवस्थित गर्न सबैको साझा प्रयास हुनु पर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकको अनुभव समेत आवश्यक रहेको बताए ।

ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा शुक्रबार वीरगंजकाे ज्येष्ठ नागरिक पार्कमा दम रोग र उपचार विधीका बारेमा आयोजित प्रशिक्षण शिविरलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गम्भीर प्रकृतिका दीर्घ रोगको उपचारका लागि महानगरले आवश्यक सहयोग गर्ने भन्दै मेयर सिंहले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता जनाए ।

संघका अध्यक्ष जगदिश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, अभिषेक सिंह, जितेन्द्र पुरुष ढकाल, श्याम कुमार पोखरेल, बद्रि केसी, रामानन्द प्रसाद कुर्मी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...