Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

spot_img
spot_img

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद सुवास नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावमाथि छलफल र निर्वाचन भएपछि घिमिरे निर्वाचित भएका हुन् ।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो । उनको विपक्षमा १०० मत परेको थियो । मत दिन्नँ भन्नेमा १ मत परेको थियो । मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको थियो ।

उम्मेदवारी दर्ताको पहिलो क्रममै रहेका घिमिरे निर्वाचित भएपछि अर्की उम्मेदवार ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गर्नुपरेन् ।

ज्येष्ठ सदस्यका रुपमा सभा सञ्चालन गरिरहेका पशुपति शमशेर जबराले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका घिमिरे मंसिर ४ को निर्वाचनमा झापा-२ बाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि दिएको प्रतिक्रियामा उनले विगतका सभामुखबाट शिक्षा लिएर आफूले जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...