Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान

spot_img
spot_img

वीरगंज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बुधबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरस्थित बैंकको मधेश प्रदेशकाे प्रादेशिक कार्यालय परिसरमा भएकाे कार्यक्रममा ८ महिलासहित ४१ जनाले रक्तदान गरेकाे बैंकका कर्मचारी आलाेक कर्णले जानकारी दिए ।

कार्यक्रममा बैंकका कर्मचारी राहुल कुमार ओझा, आदित्य साह, प्रेम राउत कुर्मी, सुरेन्द्र कुमार उप्रेती, रमेश साह कानु, दिलिप कुमार गुप्ता, आरती राैनियार, मुकेश राउत, अजय साह कानु, शिला मनान्धर, ओमप्रकाश साह कानु, श्याम क्षेत्री निर्माला बिष्ट, साेनी सर्राफ, मेघा सिंह, काजल ठाकुर, लक्ष्मण दास लगायतकाले रक्तदान गरेकाे राष्ट्रिय बाणिज्य बैंकले जनाएकाे छ ।

बैंक प्रदेश उप प्रमुख सन्ध्या सिंह र ब्लड बैंकका अरविन्द सिंहले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमकाे शुभारम्भ गरेका थिए । प्रदेश कार्यलयका विवेक श्रीवास्तवको संयोजकत्वमा भएको कार्यक्रममा बैंकका कर्मचारीहरु, ट्रेड युनियनका प्रादेशिक अध्यक्षहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम पनि आयोजना भइरहेकाे बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरले जानकारी गराए ।

आगामी माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...