Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सागढीबाट जुवा खेलिरहेका एक वडाध्यक्षसहित १० जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । विशेष सूचनाकाे आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट खटिएकाे प्रहरी टाेलीले जुवा खेली रहेकाहरुलाई नियन्त्रमा लिएकाे हाे ।

पर्सागढी नगरपालिकाकाे वडा नं. ३ बढनियार स्थित भागवत साहको घरमा साेमबार दिउसाे प्रहरीले छापामारी गरी जुवातास खेल्दै गरेको अवस्थामा रु एक लाख २८ हजार १ सय ४० नगद र चार बुक तास सहित १० जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्ने पर्सागढी नगरपालिका वडा नं. २ वगवानाका पूर्व वडाध्यक्ष वेदमन दास थारु, पर्सागढी कै वडा नं. ३ बढनिहार माथि टाेल निवासी मावि पकडिया बढनियारका शिक्षक मुक्ति पाठक, पर्सागढी कै वडा नं. ८ हरपुर निवासी श्री नेरा आधारभुत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, पर्सागढी कै वडा नं. ९ हरपुर बडेर्वा निवासी बडेर्वा माविका शिक्षक गौरीशंकर गाैराे, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ दाेहरी निवासी पटेर्वा सुगाैली गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी दिपनारायण चाैधरी, वीरगंज महानगरपालिकाकाे वडा नं. ३० बसडिलवाका वडाध्यक्ष धर्मेन्द्र महताे, निर्माण व्यवसायी ठेक्दार लक्ष्मण साह लगायतका रहेका छन् ।

लामाे समयदेखी पर्सागढीमा गाेप्य रुपमा जुवातास भइरहेकाे स्थानियहरुले वताएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...