Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सागढीबाट जुवा खेलिरहेका एक वडाध्यक्षसहित १० जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । विशेष सूचनाकाे आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट खटिएकाे प्रहरी टाेलीले जुवा खेली रहेकाहरुलाई नियन्त्रमा लिएकाे हाे ।

पर्सागढी नगरपालिकाकाे वडा नं. ३ बढनियार स्थित भागवत साहको घरमा साेमबार दिउसाे प्रहरीले छापामारी गरी जुवातास खेल्दै गरेको अवस्थामा रु एक लाख २८ हजार १ सय ४० नगद र चार बुक तास सहित १० जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्ने पर्सागढी नगरपालिका वडा नं. २ वगवानाका पूर्व वडाध्यक्ष वेदमन दास थारु, पर्सागढी कै वडा नं. ३ बढनिहार माथि टाेल निवासी मावि पकडिया बढनियारका शिक्षक मुक्ति पाठक, पर्सागढी कै वडा नं. ८ हरपुर निवासी श्री नेरा आधारभुत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, पर्सागढी कै वडा नं. ९ हरपुर बडेर्वा निवासी बडेर्वा माविका शिक्षक गौरीशंकर गाैराे, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ दाेहरी निवासी पटेर्वा सुगाैली गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी दिपनारायण चाैधरी, वीरगंज महानगरपालिकाकाे वडा नं. ३० बसडिलवाका वडाध्यक्ष धर्मेन्द्र महताे, निर्माण व्यवसायी ठेक्दार लक्ष्मण साह लगायतका रहेका छन् ।

लामाे समयदेखी पर्सागढीमा गाेप्य रुपमा जुवातास भइरहेकाे स्थानियहरुले वताएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...