Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

स्व. गोपाल गिरि स्मृति पत्रकारिता पुरस्कार महेश दासलाई प्रदान

spot_img
spot_img
वीरगंज । स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ । वीरगंजका पूर्व मेयर एंव नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष समेत रहेका स्वर्गीय गोपाल गिरिको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार यस बर्ष दासलाई प्रदान गरिएको हाे ।
 
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आइतबार आयोजित पुरस्कार बितरण कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले दासलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरेका थिए । गत पुस १९ मा बसेको पत्रकार महासंघ पर्साको बैठकले लामो समयदेखि वीरगंजलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कृत दास वीरगंज महानगरका मेयर सिंहका प्रेस सल्लाहकार पनि हुन् ।
 
पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, स्वर्गीय गोपाल गिरीका छोरा गिरिश गिरि, क्षितिज गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,  प्रहरी नायब उपरीक्षक दिपक गिरि लगायतकाे उपस्थिती रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...