Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

spot_img
spot_img

काठमाडौं । अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’ सन् २०२२ मा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ । मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरण अनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ ।

फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र ऋषिता भट्टको पनि अभिनय रहेको छ । ओरम्याक्सको उक्त रिपोर्टअनुसार बलियो कन्टेन्ट भएको फिल्म उत्पादन कम्पनी पूजा इन्टरटेनमेन्टको कारण डिज्नी हटस्टारलाई दर्शकको साथ पाउन सहज भयो ।

उक्त प्लेटफर्मले शीर्ष १५ मध्ये सबैभन्दा धेरै हेरिएका मौलिक शो र फिल्ममध्ये सातवटालाई स्ट्रिमिङ गरेको थियो र कट्पुतली सूचीको शीर्षस्थानमा छ । सन् २०२३ मा पूजा इन्टरटेन्मेन्टसँग ‘गणपथ’, ‘क्याप्सुल गिल’, ‘बडे मिया छोटे मिया’, र ‘कर्ण’जस्ता फिल्म लाइनअपमा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...