Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्कट्टेल नियुक्त

spot_img
spot_img

हेटौंडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालकाे संविधानकाे धारा १६८ काे उप धारा (२) बमाेजिम जमकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकाे प्रदेश प्रमुख शर्माले जनाएका छन् । 

उनलाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको हुन् ? 

२०३० साल भदौमा धादिङको साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मेका जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका जम्कट्टेल २०५२ सालमा ललितपुरको आइरन उद्योगमा काम गर्दै गर्दा मजदुर आन्दोलनमा सहभागी भए । सोही बखत उनी माओवादी केन्द्रमा जोडिन पुगे । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै उनी केन्द्रीय कोषाध्यक्षसमेत भए ।

गजुरीको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी अध्ययन गरेका उनले बी.ए., बी.एल.सम्मको अध्ययन गरेका छन् । उनी २०५२ सालमा माओवादी जनयुद्धमा होमिएका थिए । त्यस यता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए । मजदुर संगठनको नेतृत्वमा आएपछि उनी राजनीतिक उचाइमा पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...