Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चाेरीकाे बुलेट माेटरसाइकलसहित २० बर्षिय चाैधरी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ स्थित सडकखण्डबाट मोटरसाइकल चोर्दाचोर्दैको अवस्थामा एक जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ७ निवासी २० वर्षीय भुवन चौधरी रहेका छन् । निजले पार्किङ्ग गरि राखेको बुलेट मोटरसाइकलको लक तोडी डो¥याएर लैजाँदै गरेको अवस्थामा स्थानीय एवं सवारीधनीले होहल्ला गरेपछि प्रहरीले मोटरसाइकल सहित चोरलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले चोरीको मोटरसाइकल सहित चौधरीलाई पक्राउ गरेको हो ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ३६ वर्षीय अजय कुमार यादवको नाममा दर्ता रहेको प्र.२–०३–०१२ प २६३८ नम्बरको खैरो रंगको ३ सय ५० सिसीको बुलेट मोटरसाइकल चोर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रनाउ परीक्षक गिरीले जानकारी दिए ।

पक्राउ परेका चौधरी विरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...