Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चाेरीकाे बुलेट माेटरसाइकलसहित २० बर्षिय चाैधरी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ स्थित सडकखण्डबाट मोटरसाइकल चोर्दाचोर्दैको अवस्थामा एक जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ७ निवासी २० वर्षीय भुवन चौधरी रहेका छन् । निजले पार्किङ्ग गरि राखेको बुलेट मोटरसाइकलको लक तोडी डो¥याएर लैजाँदै गरेको अवस्थामा स्थानीय एवं सवारीधनीले होहल्ला गरेपछि प्रहरीले मोटरसाइकल सहित चोरलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १२ स्थित सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले चोरीको मोटरसाइकल सहित चौधरीलाई पक्राउ गरेको हो ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने ३६ वर्षीय अजय कुमार यादवको नाममा दर्ता रहेको प्र.२–०३–०१२ प २६३८ नम्बरको खैरो रंगको ३ सय ५० सिसीको बुलेट मोटरसाइकल चोर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रनाउ परीक्षक गिरीले जानकारी दिए ।

पक्राउ परेका चौधरी विरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...