Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

देशलाई अगाडी बढाउन अग्रगामी पार्टी आवश्यक : अध्यक्ष साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले देशलाई जिम्मेवार व्यक्तिहरुले हस्तक्षेप नगर्ने हाे भने देश असफलताकाे दिशामा अनमुख रहेकाे वताएका छन् । वीरगंजमा आयाेजित पार्टीकाे मधेश प्रदेश कमिटी बैठककाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष साहले देश संकटपूर्ण अवस्थाबाट गुजरिरहेकाेले हस्तक्षेप गर्न जरुरी रहेकाे वताए ।

पूर्व मन्त्री समेत रहेका अध्यक्ष साहले अहिलेकाे समकालिन राजनीतिक दलले देश र जनताका लागि भन्दा पनि सत्ता र कुर्सीकाे लागि अगाडी बढेकाे वताए । उनले भने “कुनै बेला यस्ताे थियाे, जुन बेला देश र जनताकाे लागि अग्रगामनकाे लागि ति पार्टीहरु लडथे तर अहिले आएर आफ्नाे निहित स्वार्थकाे लागि लडिरहेका छन् ।” त्यसैले उनले अबका देशलाई अगाडी बढाउन, अग्रगामनकाे बाटाेमा अगाडी बढाउन आम जनता पार्टीकाे अवश्यकता परेकाे वताए ।

अध्यक्ष साहले देशमा बदलाव र परिवर्तन चाहने सबैलाई आम जनता पार्टीमा लाग्ने आग्रह समेत गरे । उनले देश र जनताकाे लागि साेच्न र देश र जनताकाे लागि काम गर्न अग्रगामी पार्टीकाे रुपमा आम जनता पार्टीकाे गठन भएकाे वताए । देशलाई अग्रगमनकाे बाटाे अगाडी बढाउ नयाँ बाटाे अख्तियार गर्नु पर्ने उनकाे भनाई थियाे । 

उनले भने “तपाईसंग दुईटा बाटाे छ, एउटा स्वार्थ र एउटा त्यागकाे बाटाे रहेकाे छ । जहिले पनि त्याग सफल भएकाे छ, स्वार्थ असफल भएकाे छ ।” अहिलेकाे समकालिन पार्टीले इस्थिर्ता दिन नसक्ने वताउँदै उनले इस्थिर्ता र देशलाई समृद्ध बनाउ रिक्स जरुरी रहेकाे वताए । अध्यक्ष साहले देशलाई बलियाे बनाउ स्वाधिन र निस्वार्थ टिमकाे अवश्यकता समेत औंल्याए ।

पार्टीका मधेश प्रदेश कमिटी अध्यक्ष श्रीचन मुखियाकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टीका केन्द्रिय सदस्य बदरी न्याैपाने, उपेन्द्र साह, कुन्दन कुशवाहा, रामप्रित राम, रीता देवी, केशव चाैधरी, आरडी अजाद, श्रीलाल महासेठ, इशलाम हवारी, अशाेक कुमार लामा, कान्ति देवी महताे, सुधिर यादव, धर्मेन्द्र पटेल, प्रदिप पटेल, कदम रसुल, बाबुराम काैशिक लगायतकाे सहभागिता रहेकाे थियाे ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...