Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

देशलाई अगाडी बढाउन अग्रगामी पार्टी आवश्यक : अध्यक्ष साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले देशलाई जिम्मेवार व्यक्तिहरुले हस्तक्षेप नगर्ने हाे भने देश असफलताकाे दिशामा अनमुख रहेकाे वताएका छन् । वीरगंजमा आयाेजित पार्टीकाे मधेश प्रदेश कमिटी बैठककाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष साहले देश संकटपूर्ण अवस्थाबाट गुजरिरहेकाेले हस्तक्षेप गर्न जरुरी रहेकाे वताए ।

पूर्व मन्त्री समेत रहेका अध्यक्ष साहले अहिलेकाे समकालिन राजनीतिक दलले देश र जनताका लागि भन्दा पनि सत्ता र कुर्सीकाे लागि अगाडी बढेकाे वताए । उनले भने “कुनै बेला यस्ताे थियाे, जुन बेला देश र जनताकाे लागि अग्रगामनकाे लागि ति पार्टीहरु लडथे तर अहिले आएर आफ्नाे निहित स्वार्थकाे लागि लडिरहेका छन् ।” त्यसैले उनले अबका देशलाई अगाडी बढाउन, अग्रगामनकाे बाटाेमा अगाडी बढाउन आम जनता पार्टीकाे अवश्यकता परेकाे वताए ।

अध्यक्ष साहले देशमा बदलाव र परिवर्तन चाहने सबैलाई आम जनता पार्टीमा लाग्ने आग्रह समेत गरे । उनले देश र जनताकाे लागि साेच्न र देश र जनताकाे लागि काम गर्न अग्रगामी पार्टीकाे रुपमा आम जनता पार्टीकाे गठन भएकाे वताए । देशलाई अग्रगमनकाे बाटाे अगाडी बढाउ नयाँ बाटाे अख्तियार गर्नु पर्ने उनकाे भनाई थियाे । 

उनले भने “तपाईसंग दुईटा बाटाे छ, एउटा स्वार्थ र एउटा त्यागकाे बाटाे रहेकाे छ । जहिले पनि त्याग सफल भएकाे छ, स्वार्थ असफल भएकाे छ ।” अहिलेकाे समकालिन पार्टीले इस्थिर्ता दिन नसक्ने वताउँदै उनले इस्थिर्ता र देशलाई समृद्ध बनाउ रिक्स जरुरी रहेकाे वताए । अध्यक्ष साहले देशलाई बलियाे बनाउ स्वाधिन र निस्वार्थ टिमकाे अवश्यकता समेत औंल्याए ।

पार्टीका मधेश प्रदेश कमिटी अध्यक्ष श्रीचन मुखियाकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टीका केन्द्रिय सदस्य बदरी न्याैपाने, उपेन्द्र साह, कुन्दन कुशवाहा, रामप्रित राम, रीता देवी, केशव चाैधरी, आरडी अजाद, श्रीलाल महासेठ, इशलाम हवारी, अशाेक कुमार लामा, कान्ति देवी महताे, सुधिर यादव, धर्मेन्द्र पटेल, प्रदिप पटेल, कदम रसुल, बाबुराम काैशिक लगायतकाे सहभागिता रहेकाे थियाे ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...