Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

बार्षिकोत्सवको अवसरमा फलफूल र शैक्षिक सामग्री वितरण

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र निकटको कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय बाणिज्य बैंक) मधेस प्रदेशको १७ औं बार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । संगठनले बार्षिकोत्सवको अवसरमा आदर्शनगर स्थित आमाको माया छात्रवासमा रहेका विद्यार्थीहरुलाई फलफूल र शैक्षिक सामग्री वितरण गरेको छ ।

संगठनका मधेस प्रदेश अध्यक्ष दरो रामको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख कमलेश ठाकुर, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष दीपक गौतम, नेपाल राष्ट्रिय कर्मचारी संगठन (कृषि विकास बैंक) का केन्द्रीय सदस्य अध्यक्ष गुरुदेव उपाध्याय, अखिल क्रान्तिकारीका विदेश विभाग उपप्रमुख शिवम साह, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका पर्सा अध्यक्ष सुनिल कुर्मी, नेपाल राष्ट्रिय प्रगतीशील जनस्वास्थ्यकर्मी संगठनका पर्सा इन्चार्ज रुपलाल साह, अध्यक्ष शिवहरि तिवारी, नेपाल निजामति कर्मचारी संघका राहुल ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय बाणिज्य बैंक) मधेस प्रदेशका सचिव आलोक कुमार कर्णले गरेका थिए भने नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय बाणिज्य बैंक) का दिवस पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...