Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

स्वर्गीय गोपाल गिरि पत्रकारीता पुरस्कार दासलाई प्रदान गरिने

spot_img
spot_img
वीरगंज । स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगंजका पत्रकार महेश दासलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले पत्रकार दासलाई स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार दिने निर्णय गरेको हो ।
 
विगत लामो समयदेखि वीरगंजलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई यो पुरस्कार दिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिए । उनका अनुसार यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुँदै आएको छ । पत्रकार दास एभिन्युज मधेस प्रदेशका प्रमुख छन् ।
 
यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव, सत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, बिजय भण्डारी, प्रताप श्रेष्ठ लगायतकाले पाइसकेका छन ।
 
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का, सहसचिव जियालाल साह, जितेन्द्र साह, कोषाध्यक्ष सन्जीव मिश्रा लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेकोे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...