Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

कट्टी मठकाे जग्गामा मधेश विश्वविद्यालयको शाखा राख्न माग

spot_img
spot_img

वीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री राम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु जागरुक भएका छन् । पत्रकार बिन्दूबुषण साहको अगुवाइ र कृष्णा कुशवाहा लगायत पाकहा मैनपुर र कालिकामाई गाउँपालिकाका शिक्षा प्रेमी, समाजसेवी लगायत युवाहरुको सहभागिता भएको भेला कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु लागी परेका छन् ।

मधेश विश्वविद्यालयको एउटा शाखा राख्न २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्री राम जानकी मन्दिरको नाम रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका हुन् । पकहा मैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको एउटा शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेट गरी विश्व विद्यालयको एउटा शाखा राख्ने विषयमा उहाँहरूले आवश्यक पहल गर्ने चाहिने बेला हामी आफै उपस्थित हुने युवाहरुले बताएका छन् ।

पकहा मैनपुर गाउँपालिका वडा नं २ मा पर्ने गुठी संस्थान अन्तरगत करिब ३० बिगाहा जग्गा रहेको छ । विगतका दिनमा गाविस हुँदा पनि वीरगंज विश्व विद्यालयको लागि पनि सो जग्गामा विश्व विद्यालय बनाउनु पर्ने आवाज उठेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...