Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

खेल र खेलाडीको प्रोत्साहन गर्नुपर्नेमा सांसद यादवको जोड

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेल र खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट टुर्नामेन्टको समापन समारोहलाई सम्बोधन गर्दै सांसद यादवले खेलको बृद्धिविकासका लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औँल्याएका हुन् ।

क्रिकेट मात्रै नभएर फुटबलसहित अन्य खेलहरुको पनि संरक्षण एवम् संवद्र्धन गर्दै खेलाडीहरुको बृद्धिविकासका लागि सबैले सहकार्य गर्नुपर्ने यादवको भनाई छ । उनले भने, ‘हाम्रो तिर अझै पनि खेल क्षेत्रलाई अपहेलना गर्न र खेल्न नदिने सोच हाबी छ, तर खेलबाटै देशको नाम पनि रोशन गर्न सकिन्छ भने खेलेरै जीवनयापन गर्न पनि सकिन्छ ।’ यहाँ आवश्यक खेल मैदानको अभावमा पनि खेलाडीहरुले देखाएको खेलप्रतिको लगावलाई मध्यनजर गर्दै खेलाडी र खेलको विकासका लागि आफुले पदीय र व्यक्तिगत रुपमा कहिलै पछि नहट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

पुष ९ गतेदेखि शुरु भएको वडाअध्यक्ष क्रिकेट टुर्नामेन्टको उपाधि पनि आयोजक वडा नम्बर २२ को जगरनाथपु युवा क्लबले हात पारेको छ । उपाधिसँगै जगरनाथपुर युवा क्लबले नगद ५१ हजारसहित शिल्ड र प्रमाणपा प्राप्त गरेको छ भने उपविजेता बनेको लक्ष्मणवा युवा क्लबले नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको क्लबका उपाध्यक्ष उपेन्द्र पटेलले जानकारी दिए ।

क्लबका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहलाई सांसद यादवसँगै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वडाअध्यक्ष द्वारिका महतो, क्लबका सल्लाहकार, मनोज ठाकुर, दिनेश ठाकुर लगायतले सम्बोधन गरेका थिए । प्रतियोगितामा ८ वटा समूहले सहभागिता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...