Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रभु साहकाे अध्यक्षतामा “आम जनता पार्टी” घाेषणा

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा सदस्य (स्वतन्त्र सांसद) प्रभु साहले नयाँ पार्टी खोलेका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर आम जनता पार्टी घोषणा गरेका हुन् । 

काठमाडौंस्थित क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन गरेर साहले ’आम जनता पार्टी’ घोषणा गरेका हुन् । अहिले साहले आफ्नै नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ कमिटी बनाएका छन् । बिहीबार उक्त तदर्थ केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले प्रदेश, विभागका इन्चार्जहरु पनि चयन गरेको साहले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवार जिताऊँ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको अध्यक्ष साहले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

साह स्वतन्त्र सांसद भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल र नेकपा एमालेका दोस्रो, तेस्रो तहका नेताहरुसँग संवादमा थिए । तर उनको तत्कालै कुनै पार्टीसँग कुरा मिलेन ।

एमालेले उनलाई साधारण सदस्यबाटै निष्कासित गरिसकेको छ । माओवादी र समाजवादीले पनि उनका माग पूरा गर्ने अवस्था तत्कालै नदेखिएपछि नयाँ यात्रामा निस्किएका हुन् ।

नयाँ पार्टी निर्माणका लागि प्रभु साहलाई ब्रदी न्यौपानेले साथ दिएका छन् । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए । एमालेले जसपासँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले एमाले छाडेको घोषणा गरेका थिए । न्यौपाने उनै हुन्, जसले तत्कालीन समयमा मधेसी जनअधिकार फोरमलाई कडा टक्कर दिएका थिए ।

न्यौपानेले प्रभुलाई नयाँ पार्टी बनाउन सहयोग गर्दा प्रभुकै अभियानमा रहेका भनिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने सहभागी भएनन् । यसअघि साह र उनी निकटस्थले अमरेश कुमार सिंहको पनि नयाँ पार्टीमा सहभागिता रहने प्रचार गरिएको थियो । ​साहको पार्टीमा न्यौपाने बागमती र गण्डकी प्रदेश इन्चार्ज रहेका छन् ।

पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । पार्टीको प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल रहेका छन् भने इन्चार्जमा रामप्रित राम रहेका छन् । यस्तै मधेस प्रदेशमा श्रीचम मुखिया अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्री न्यौपाने इन्चार्ज छ

यसैगरी गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र इन्चार्ज बद्री न्यौपाने नै रहेका छन् भने लुम्बिनीमा परमानन्द बर्मा अध्यक्ष र रितादेवी यादव इन्चार्ज छन् । यस्तै कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा केशव राय चौधरी र इन्चार्ज कुन्दन कुश्वाहा रहेका छन् । सो पार्टीले विभिन्न जनवर्गीय संगठन तथा विभाग पनि बनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...