Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

महानगरकाे लाेक कल्याणकारी विज्ञापन सम्बन्धमा अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रबर्द्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रबर्धन गर्ने उद्देश्यले बिहीबार अन्तरक्रिया कार्यक्रम गरेको छ । महानगरपालिकाले दिँदै आएको लोक कल्याणकारी विज्ञापन र सूचनालाई व्यवस्थित र पारदर्शी ढंगले समानुपातिक रुपमा वितरण गर्ने उद्देश्यले पत्रिकाहरुको समस्या र महानगरपालिकाले गर्न सक्ने समाधानको विषयमा छलफल भएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लक्ष्मी प्रसाद पौडेलले यहाँबाट प्रकाशित पत्र पत्रिका, अनलाईन, रेडियो, टेलिभिजनलाई व्यवस्थित गर्दैै उनीहरुको संरक्षण र सम्बर्धनका लागि महानगरपालिकाले देशमै पहिलो पटक ऐन, नियम, कानुन बनाएर सहयोग पु¥याउँदै आएको बताए ।

कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार जगदीश शर्माले महानगरले सुरुवात गरेको अभियान सह्रानीय भएको बताउँदै पत्र पत्रिकालाई गुणस्तरीयताका आधारमा वर्गिकरण गरी महानगरपालिकाबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा वितरण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रिकाका संचालकहरुले महानगरपालिकाले दिँदै आएको लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी लामो समय देखि रोकिएको र यसले पत्र पत्रिकाहरु अप्ठ्यारोमा परेको भन्दै चाँडै रकम निकासा गरिदिन आग्रह गरेका थिए । साथै सबै पत्रिकालाई एउटै टोकरीमा हालेर व्यवहार गरिएको भन्दै अब समाचार सामग्रीका आधारमा वर्गिकरण गरी त्यही अनुरुपको रकम दिने व्यवस्था मिलाउन पनि आग्रह गरे । महंगी बढ्दै गएकाेले साेही अनुसारकाे लाेक कल्याणकारी विज्ञापन वापतकाे रकम बढाउनु पर्ने पनि पत्रिका संचालकहरु माग गरेका थिए । 

दैनिक र साप्ताहिक पत्रिकाका संचालक तथा सम्पादकहरुसँग पहिलो र दोस्रो सत्रमा गरेर सुझाव लिइएको थियो । 

पहिलो सत्रको कार्यक्रममा वीरगंजबाट प्रकाशित दैनिक पत्रिकाका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो भने दोश्रो सत्रको कार्यक्रममा साप्ताहिक पत्रिका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो ।

आम सञ्चारमाध्यम नियमन तथा प्रबर्द्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रबर्द्धन समितिका बृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, माधुरी महतो, मुस्कान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण वीरगंज महानगरपालिका सूचना शाखाका प्रमुख शम्भु कुशवाहाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...