Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

गैसस महासंघ पर्साले प्रत्येक बर्ष ५ जनालाई पुरस्कृत गर्ने

spot_img
spot_img

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल पर्साको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा बसेको बैठकले प्रत्येक बर्षको साधारणसभामा ५ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

महासंघ पर्साको सम्पर्क कार्यालय वीरगंजस्थित पानीटंकीमा बसेकाे बैठकले एक जना पत्रकार, एक जना समाजिक कार्यकर्ता, एउटा गैरसरकारी संस्था, एउटा कृषक र एक जना महिलालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बैठकले महासंघ पर्साको ८ औं साधारण सभाबाट गठित ५ सदस्यीय सल्लाहकार समितिलाई पुर्णता पनि दिएको छ । सल्लाहकार समितीमा मनोज गुप्ता, शिवचरण रौनियार, रामाकान्त पटेल, मनोज यादव र माधुरी महतोलाई चयन गरिएको महासंघ पर्साका बरिष्ठ उपाध्यक्ष सुरज पंडितले जानकारी दिए ।

यसैगरी महासंघ पर्साले जिल्ला भरीको १४ पालिकामा संयोजक पनि तोकेको छ । वीरगंज महानगरपालिकामा सिमा खडका साह, पोखरीया नगरपालिकामा ललन पटेल, बहुदरमाई नगरपालिकामा सुरज पंडित, सखुवापरसौनी र जगरनाथपुर गाउँपालिकामा मनोज राम, पर्सागढी नगरपालिकामा मनोज यादव, जिराभवानी गाउँपालिकामा जयनारायण चौधरी, ठोरी गाउँपालिकामा नरेश जयसवाल, छिपहरमाई गाउँपालिकामा जितेन्द्र यादव, पटेवर्वा सुगौली र पकहा मैनपुर गाउँपालिकामा कोपीला चौलागाई साह, धोबिनी, बिन्दवासिनी र कालिकामाई गाउँपालिकामा छठु साहलाई संयोजक तोकेको हो ।

यसैगरी पर्सामा कार्यरत दातृनिकाय संग समन्वय गर्ने, १४ वटै पालिका संग समन्वय, सहकार्य र सम्पर्क गरी बढदो चिसो र जाडोमा गरीब परिवारलाई न्यानो कपडा, कम्बल जस्ता जाडो छल्ने सरसम्मान बितरण गराउन पहल गर्ने बैठकले निर्णय गरेको महासंघ पर्साकी उपाध्यक्ष कोपिला चौलागाई साहले वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...