Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मेडिसिटी बयोधा अस्पतालमा बेसिक लाईफ सर्पोट तालिम

spot_img
spot_img

वीरगंज । नेपाल मेडिसिटी बयोधा अस्पतालले आकस्मिक अवस्थामा मानिसहरुलाई आवश्यक पर्ने जीवन रक्षाका तरीका, सीप र ज्ञान लगायतका विषयहरुमा तालिम दिएकाे छ । अस्पतालले १ सय जना स्वास्थ्यकर्मीहरुलाई बेसिक लाईफ सपाेर्ट तालीम दिएकाे हाे ।

अस्पतालमा पौष ६ देखि ८ गते सम्मा आयोजना भएको ३ दिने तालीममा दूर्घटना वा अन्य कारणले बेहोस भएका, हर्ट अट्याक लगायतका आकस्मिक उपचार आवश्यक भएकाहरुको जीवन रक्षा गर्ने तरीकाहरु सिकाईएको अस्पतालकी एसिस्टेन्ट मेडिकल सुपरिन्टेन्डेन्ट डा. स्वेता झाले बताइन ।

तालीममा कार्डियोपल्मोनरी रिसक्सिटेसन अन्तर्गत बालबालिका, नवजात शीशु तथा वयस्कहरुलाई प्रदान गरिने आकस्मिक सेवाको प्रयोगात्मक तथा सैद्धान्तिक दुवै ज्ञान दिईएको डा. झाले बताइन ।

त्यसैगरी घांटीमा खानेकुरा लगायतका सामान अडकिएमा कसरी निकाल्ने र सोको प्रारम्भिक उपचार कसरी गर्ने सम्बन्धमा पनि सीप तथा जानकारीहरु प्रदान गरिएको अस्पतालकी डेपुटी नर्सिङ्ग सुपरिटेन्डेन्ट विद्या गुप्ताले बताइन । उपचारका लागि अब बीरगंज बाहिर जानु नपर्ने र सम्भव भए सम्म सबै उपचार आफूहरुले बीरगंजमै सम्भव बनाउने प्रयास गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।

सोही प्रयास स्वरुप आफूले आफ्नो अस्पताल तथा सहकर्मी अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि तालीम दिएको उनले वताए । पर्सा र बाराका विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु सहभागिता रहेकाे तालीममा नेपाल मेडिसिटी काठमाडौका बेसिक लाईफ सर्पोट प्रशिक्षकहरु ज्ञानी देवी महर्जन, रेनु चौधरी, रेजिना सिलवाल र गीता चौधरीले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...