Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

लैंगिक हिंसा निवारण कोष कार्यन्वयनमा ल्याउने प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । लैंगिक हिंसा निवारण कोष कार्यन्वयन, प्रभावकारिता र चुनौती विषयक जिल्ला स्तरीय कार्यशाला गोष्ठी बिहिबार वीरगंजमा सम्पन्न भएको छ ।

एक्सन एड नेपाल र दिब्य युवा क्लब बिरन्चीवर्वाको संयुक्त साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत वीरगंजकाे लिंक राेडस्थित कुमु प्यालेस हाेटलमा भएकाे कार्यशाला गाेष्ठी सम्पन भएको हाे ।

गाेष्ठिमा वाेल्ने वक्ताहरुले स्थानिय तहहरुमा लैगिंक हिंसा निवारण काेषकाे लागि छुट्टै खाता संचालनमा ल्याउनु पर्ने वताए । वक्ताहरुले स्थानिय तहरुमा काेषकाे लागि छुट्टै खाता संचालनमा नल्याएसम्म प्रभावकारी नहुने वताए ।

स्थानिय तहका जनप्रतिनिधिहरुले लैंगिक हिंसा निवारण कोष कार्यन्वयनमा ल्याउने प्रतिवद्धता जनाए ।

दिव्य युवा क्लबका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा र पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्सा जिल्लामा लैगिंक हिंसाको अवस्था, कानुनी व्यवस्था र कोषको आवश्यकता बारेमा अधिवक्ता हरेराम सर्साफले कार्यपत्र प्रस्तुत गरेको थिए ।

कार्यक्रममा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, उपाध्यक्ष सर्मिला बिष्ट, जिल्ल प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकी, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, ठोरी गाउँपालिकाका योजना प्रमुख धर्मराज थापा, महिला अधिकारकर्मी कमला घिमिरे, सामाजिक अभियन्ता लिला राम लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन दिव्य युवा क्लबकी कार्यक्रम संयोजक कोपीला चौलागाईले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...