Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

सखुवा प्रसौनीवासीले नि:शूल्क रगत पाउने

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबासीले निःशूल्क रुपमा रगत प्राप्त गर्ने भएका छन् । सखुवाप्रसौनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच भएको सम्झौता बमोजिम त्याहाँका बासिन्दाका लागि आवश्यक पर्ने रगत निःशूल्क रुपमा प्राप्त गर्ने भएका हुन् ।

रक्त सञ्चार केन्द्र वीरगंजसंग भएको सम्झौतामा सखुवाप्रसौनीका बासिन्दालाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाह अनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा लेखिएको छ । 

त्याहाँका बासिन्दाले चिकित्सकबाट गरिएको सिफारिसको प्रतिलिपी रक्तसञ्चार केन्द्रमा दिएर रगत प्राप्त गर्न सक्नेछन् । यस्तै गाउँपालिकाका कर्मचारीको हकमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतले सिफारिस गर्नुपर्ने छ भने सर्वसाधारणको हकमा पहिचान खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

प्रत्येक महिनाको ५ गतेसम्म रक्तसञ्चार केन्द्रबाट बिरामीलाई उपलब्ध गराइएको रगतको हिसाव गाउँपालिकाको प्रतिनिधिलाई उपलब्ध गराइने पनि सम्झौता पत्रमा भनिएको छ । 

सम्झौतामा कुनै किसिमको फेरबदल गर्नु परेमा एक पक्षले अर्को पक्षलाई पूर्व जानकारी गराउनुपर्ने छ । रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एवम् परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै तिर्ने सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...